सिजी ब्रान्डका साना घरायसी उपकरणतर्फको ‘वर्ल्डकप योजना’ अन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक

सिजी ब्रान्डका साना घरायसी उपकरणतर्फको ‘वर्ल्डकप योजना’ अन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो इलेकट्रोनिक्स ब्रान्ड ‘सिजी ब्रान्ड’ले आफ्ना साना घरायसी उपकरणहरूका लागि सञ्चालित सिजी को साथमा, वर्ल्डकप टिकट हातमा #लेभरअफ! विथसिजी योजना अन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरण तर्फ दोस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस दोस्रो चरणको डिजिटल गोलाप्रथा मार्फत रत्ननगर-१, चितवन निवासी अरबिन श्रेष्ठ विजेता बन्न सफल भएको छ। अरबिन श्रेष्ठले चितवनको सौराहा चोक, टाँडी स्थित टाँडी गिफ्ट कर्नरबाट सिजी ब्रान्डको ग्यास चुलो खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौं-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

योजनाको निरन्तरता र सहभागिता प्रक्रिया: कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सिजीका साना घरायसी उपकरण (एसडीए) खरिद गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।

सीजीएसडीए <स्पेस> सिरियल नम्बर <स्पेस> उत्पादनको नाम <स्पेस> ग्राहकको नाम <स्पेस> ठेगाना टाइप गरी ३१००३ मा पठाउन सकिनेछ।)

४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकवर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

Skip This
Skip This
Logo