कस्तो छ नेपालमा लोकप्रिय ओमोडा ई५ ईभी ? [भिडियाे]

कस्तो छ नेपालमा लोकप्रिय ओमोडा ई५ ईभी ? [भिडियाे]

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । ओमोडा ई५ ईभी नेपाली बजारमा उपलब्ध एक स्टाइलिस र वेल–इक्विप्ड इलेक्ट्रिक क्रसओभर हो । डिएलएक्स र लक्स गरी दुई ट्रिममा उपलब्ध ओमोडा ई ५ ले छोटो समयमै नेपाली बजारमा राम्रो लोकप्रियता हासिल गरेको छ ।

ओमोडा ई ५ ईभीको मूल्य नेपालमा

  • ओमोडा ई ५ ईभी डिएलएक्स भेरियन्ट रु ५५.९९ लाख
  • ओमोडा ई ५ ईभी लक्स भेरियन्टस् रु ६१.९९ लाख

ओमोडा ई ५ ईभी इलेक्ट्रिक पावरट्रेन, ब्याट्री र रेन्ज

नेपालमा उपलब्ध ओमोडा ई ५ ईभीमा ६१ केडब्लुएच ब्याट्री प्याक दिइएको छ, जसले ४३० किमि डब्लुएलटिपी ड्राइभिङ रेन्ज प्रदान गर्छ ।

चार्जिङ सपोर्ट

-एसी चार्जिङ (६.६ केडब्लु सिङ्गल–फेज)
-डिसी चार्जिङ ( ८० केडब्लु सम्म )
यसमा लिथियम–आयन फस्फेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ।

ओमोडा ई ५ ईभी फिचरहरू

ओमोडा ई ५ ईभीमा २४.६ इन्च डुअल स्क्रिन दिइएको छ, जसले ड्राइभिङ र इन्टरटेनमेन्ट इन्फर्मेसन देखाउँछ । यसमा २५६ कलर अप्सनसहितको मल्टि–कलर एम्बियन्ट लाइटिङ, ५० वाट वायरलेस फोन चार्जर, र स्टेयरिङ ह्वील–माउन्टेड कन्ट्रोल उपलब्ध छन । साउन्ड सिस्टममा ६ स्पिकर दिइएको छ ।

एक्सटेरियर फिचरहरू

-टी–शेप्ड डे–टाइम रनिङ लाइट (डिआरएल)
-इन्टिग्रेटेड म्याट्रिक्स टेल लाइट
-१८० एमएम ग्राउन्ड क्लियरेन्स

ओमोडा ई ५ ईभी सेफ्टी

सेफ्टीका लागि ओमोडा ई ५ ईभीमा १७ं एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) दिइएको छ, जसमा

  • लेन–किपिङ असिस्ट
  • एडाप्टिभ क्रुज कन्ट्रोल
  • इमर्जेन्सी ब्रेकिङ
  • ६ एयरब्याग
  • इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल
  • स्ट्रङ बडी स्ट्रक्चर

ओमोडा ई५ ईभी निम्न ७ कलरहरूमा उपलब्ध

  • ह्वाइट
  • ब्ल्याक
  • ब्लु
  • सिल्भर
  • रेड
  • एक्वाटिक ग्रिन
  • ग्रे

Skip This
Skip This
Logo