काठमाडाैं । हुन्डाईको फ्ल्यागशिप एसयुभी ‘पलिसेड’ले अटोमोबाइल क्षेत्रको निकै प्रतिष्ठित ‘२०२६ नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर’ अवार्ड जित्न सफल भएको छ।
अमेरिकाको डेट्रोइटमा आयोजित एक विशेष कार्यक्रमका बीच यसको घोषणा गरिएको हो । ५० जना स्वतन्त्र अटो पत्रकारहरूको निर्णायक मण्डलले विभिन्न चरणको परीक्षण र मूल्याङ्कनपछि पलिसेडलाई यो वर्षको उत्कृष्ट एसयुभी घोषणा गरेको हो।
निर्णायक मण्डलले पलिसेडको नयाँ पुस्ताको हाइब्रिड इन्जिन र शक्तिशाली भी६ इन्जिन दुवै विकल्पको प्रशंसा गरेका छन्। मुख्यतया:नयाँ हाइब्रिड भेरियन्टले ३४ MPG सम्मको माइलेज र ६०० माइल भन्दा बढीको रेन्ज प्रदान गर्छ। यसको भित्री भाग निकै फराकिलो र विलासी हुनुका साथै आधुनिक ‘इन्टिउसन’ प्रविधिले भरिएको छ।
पारिवारिक प्रयोगलाई मध्यनजर गर्दै यसमा सुरक्षाका थुप्रै एड्भान्स्ड फिचरहरू समावेश छन्। साहसिक यात्रा मन पराउनेहरूका लागि नयाँ एक्सआरटी प्राे अफ-रोड ट्रिमले पनि यो गाडीलाई थप विशेष बनाएको छ।
अवार्ड ग्रहण गर्दै हुन्डाई मोटर कम्पनीका अध्यक्ष तथा सीईओ जोसे मुनोजले भने, “पलिसेडले हुन्डाईको सुन्दर डिजाइन, प्रविधि र सुरक्षाको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। ५० जना प्रतिष्ठित पत्रकारहरूबाट यो सम्मान पाउनु हाम्रो टोलीका लागि ठूलो गर्वको विषय हो।”
सन् २०२५ मा पलिसेडले अमेरिकामा ऐतिहासिक बिक्री रेकर्ड कायम गरेको थियो, जहाँ यसको खुद्रा बिक्री १७ प्रतिशतले वृद्धि भएको थियो। नेपालमा पनि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पलिसेडलाई प्रिमियम एसयुभी श्रेणीमा बिक्री गर्दै आएको छ, जसलाई नेपाली ग्राहकहरूले पनि निकै रुचाएका छन्।































प्रतिक्रिया