काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्स्को) को संचालक समिति/व्यवस्थापनको नेतृत्व फागुन २९ गते सर्वसम्मत रुपमा चयन गरिएको छ । झलक शर्मा आचार्यको संयोजकत्वमा काठमाण्डौमा सम्पन्न विशेष साधारण सभावाट नयाँ संचालक समिति चयन भएको हो ।
विशेष साधारण सभामा संस्थापक समूहबाट प्रा. हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, राजन प्रजापति, दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागत रत्न कंसाकार संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् । विशेष प्रस्ताव अन्तर्गत वित्त कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुूजी वृद्धि गर्ने र नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पुरा गरी हाल कायम भएको चुक्ता पुूजीमा एक शेयर बराबर एक दशमलब दुइ पाँच कित्ता दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरियो ।
यस वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले मिति २०७१ मंसिर १७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएकोमा नेपाल राष्ट्र बैंकबाट २०७३ मंसिर २३ गते व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।





























प्रतिक्रिया