चितवनका किसानले गरे नौ करोड बढीको सुन्तला बिक्री

चितवनका किसानले गरे नौ करोड बढीको सुन्तला बिक्री

केन्द्रबिन्दु
42
Shares

चितवन। जिल्लामा सुन्तलाखेती गर्ने किसानले यस वर्ष करिब नौ करोड १० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। कृषि विकास कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ का किसानले उक्त परिमाणको सुन्तला बिक्री गरेका हुन्।

कार्यालयका अर्थविज्ञ निर्मलकुमार पौडेलका अनुसार यस वर्ष जिल्लामा एक हजार २।८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ। गत वर्ष उत्पादन एक हजार १२० मेट्रिकटन थियो। जिल्लामा ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ।

पुराना बिरुवाको वृद्धावस्था, बगैँचा व्यवस्थापनमा कमी, बेमौसमी वर्षा वा खडेरी, रोगकिराको समस्या र मलजलको अभावका कारण उत्पादन घटेको पौडेलले बताए। सिट्रस ग्रिनिङ रोग, सिजनमा मल र हेरचाहमा ढिलाइ तथा बजार मूल्यको अस्थिरताले किसान थप चुनौतीमा परेको उनको भनाइ छ।

सुन्तला उत्पादनको उच्च सम्भावना रहेको इच्छाकामना गाउँपालिकामा वैज्ञानिक प्रविधि र प्राविधिक सहयोगमार्फत उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। यहाँ उत्पादन भएको सुन्तला नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरालगायत सहरमा बिक्री हुँदै आएको छ।

Skip This
Skip This
Logo