काठमाडाैं । नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले हालै बजारमा डिसिपी–टि४३०डब्ल्यू मोडलको एक उत्कृष्ट इन्क ट्याङ्क मल्टिफङ्कसन प्रिन्टर ल्याएको छ ।
विशेषगरी घरेलु प्रयोग, विद्यार्थी, साना अफिस तथा स्टडीका लागि डिजाइन गरिएको यो प्रिन्टरमा ३–इन–१ अर्थात प्रिन्ट, स्क्यान र कपी गर्न सकिने इन्क ट्याङ्क प्रिन्टर हो । यो प्रिन्टरले कुनै पनि कागजको दुवै पक्षबाट छाप्ने झन्झट बिना नै दैनिक कामलाई सहज बनाउँछ । यसको प्रिन्ट स्पीडको कुरा गर्नुपर्दा कालो/सेतो (मोनो) मा १६ इमेजेस पर मिनेट र रङ्गीनमा ९ इमेजेस पर मिनेट मात्र लिने गर्छ ।
आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर निर्मित यो प्रिन्टरमा डुअल–ब्यान्ड वाईफाई (डुअल–ब्यान्ड वाईफाई २.४ गिगाहर्ज र ५.० गिगाहर्ज), वाईफाई डाइरेक्ट, हाई–स्पीड यूएसबी २.० जस्ता विकल्पहरू पनि छन् । यसले एप्पल एयर प्रिन्ट, मोप्रिया र ब्रदर मोबाइल कनेक्ट एपमार्फत स्मार्टफोन, ट्याब्लेट वा ल्यापटपबाट सिधै प्रिन्ट गर्न सकिन्छ ।
त्यस्तै, अफिस वा घरमा वायरलेस नेटवर्कबाट पनि सजिलो जोड्न सकिन्छ । यो प्रिन्टरमा प्रयोग गरिएको इन्क ट्याङ्क सिस्टमले परम्परागत क्याट्रिजको झन्झट हटाएको छ । यस प्रिन्टरमा स्पिल–फ्री रिफिलिङ प्रविधि छ, जसले इन्क भर्न सजिलो र सफा बनाउँछ । इनबक्स इन्क बोतलहरूबाट कालो इन्कले ७ हजार ५०० पृष्ठ र प्रत्येक रङ्गीन (सिएमवाई) ले ५ हजार पृष्ठसम्म छाप्न सकिन्छ । जसले प्रति पृष्ठ लागतलाई पनि निकै न्यून राख्न मद्धत गर्छ ।
यो प्रिन्टरको कम्प्याक्ट डिजाइन (३९० एमएम चौडाइ × ३४३ एमएम गहिराइ × १४८.५ एमएम उचाई र वजन ६.३ केजी मात्र भएकाले कुनै पनि डेस्क वा सानो ठाउँमा सजिलै फिट हुन्छ । त्यस्तै एलइडी इन्डिकेटरहरूले सजिलो नेभिगेसन प्रदान गर्छ । यसमा अटोमेटिक डुप्लेक्स नभए पनि यसको साइज र गतिले दैनिक कामलाई प्रभावकारी बनाउँछ ।
यो प्रिन्टरले अपरेटिङ/कपी मोडमा करिब १६ वाट, रेडी मोडमा २.५ वाट, स्लिपमा ०.६ वाट र अफमा ०.१५ वाट मात्र पावर कन्जम्प्सन गर्ने भएकाले बिजुलीको बिलमा पनि बचत गर्छ । त्यस्तै यो प्रिन्टरमा नोइज लेभल प्रिन्टिङमा करिब ५५ डिबी मात्र छ, जसले शान्त वातावरणमा पनि प्रयोग गर्न सकिन्छ । यो प्रिन्टरले भरपर्दो जापानी इन्जिनियरिङ र ब्रदरको गुणस्तरलाई संयोजन गर्दै तपाईंको दैनिक प्रिन्टिङ आवश्यकतालाई स्मार्ट र किफायती बनाउँछ । यदि तपाईं कम लागतमा उच्च गुणस्तरको प्रिन्टर खोज्दै हुनुहुन्छ भने डिसिपी–टि४३०डब्ल्यू तपाईका लागि एक उत्कृष्ट विकल्प हुनेछ ।
यसै सिरिजमा डिसिपी टि५३०डिडब्ल्यू, डिसिपी टि७३०डिडब्ल्यू र डिसिपी टि८३० डिडब्ल्यू जस्ता अन्य मोडेलहरू पनि उपलब्ध छन्, जसमा अटो डुप्लेक्स जस्ता थप फिचरहरू छन् । तर डिसिपी–टि४३०डब्ल्यूको कम्प्याक्टनेस र किफायती मूल्यले यसलाई घर तथा साना अफिसका लागि उत्कृष्ट बनाएको छ।































प्रतिक्रिया