कोनिका मिनोल्टाको उन्नत ए३ कलर मल्टिफङ्कसन प्रिन्टर नेपाली बजारम, यस्ता छन् विशेषता

कोनिका मिनोल्टाको उन्नत ए३ कलर मल्टिफङ्कसन प्रिन्टर नेपाली बजारम, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
96
Shares

काठमाडाैं । विश्वप्रसिद्ध जापानी ब्रान्ड कोनिका मिनोल्टाले नेपाली बजारमा आफ्नो उन्नत ए३ कलर मल्टिफङ्कसन प्रिन्टर बिजहब सी२२६आई मोडल ल्याएको छ । यो प्रिन्टर विशेषगरी मध्यम तथा ठूला कार्यालयहरू, प्रिन्टिङ शपहरू र व्यावसायिक प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो ।

नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले उक्त प्रिन्टर भित्र्याएकाे हाे । यो प्रिन्टरले उच्च गुणस्तरको कलर प्रिन्टिङ, स्क्यानिङ, कपी र फ्याक्सको एकीकृत सुविधा एउटैमा प्रदान गर्छ ।

यो मोडेलको सबैभन्दा आकर्षक पक्ष भनेको ए४ साइजको कागजमा कालो÷सेतो र रङ्गीन दुवैमा २२ पेज प्रति मिनेट (पिपिएम) सम्म प्रिन्ट गर्न सक्छ भने ए३ साइजमा १२ पिपिएमसम्म प्रिन्ट गर्न सक्छ । यो प्रिन्टरमा भएको अटोमेटिक डुप्लेक्स प्रिन्टिङ फिचरले दुवैतर्फी प्रिन्टिङलाई सहज बनाउँछ, जसबाट कागजको खपत ५० प्रतिशतसम्म घटाउन सकिन्छ । यसमा रहेको रिभर्स अटो डकुमेन्ट फिडर (आरएडिएफ) ले १३० पानासम्मको डकुमेन्टलाई उच्च गतिमा स्क्यान वा कपी पनि गर्न सक्छ ।

कनेक्टिभिटीका हिसाबले यो प्रिन्टर अत्यधिक बहुमुखी छ । यसमा १०÷१००÷१०००–बेस टि इथरनेट, यूएसबी २.०, वैकल्पिक वाईफाई (८०२.११–बी–जी–एन–एसी) र एनएफसी–ब्लुटुथएलई सपोर्ट उपलब्ध छन् ।

मोबाइल प्रिन्टिङका लागि एअरप्रिन्ट(आइओएस), मोप्रिया(एन्ड्रोइड), कोनिका मिनोल्टा मोबाइल प्रिन्ट, वाई–फाई डाइरेक्टमार्फत स्मार्टफोन, ट्याब्लेट वा ल्यापटपबाट सिधै प्रिन्ट र स्क्यान गर्न सकिन्छ । क्लाउड कनेक्टिभिटी (गुगल क्लाउड प्रिन्ट, सेयर पोइन्टआदि) का कारण कार्यालयको कुनै पनि कोठाबाट वा रिमोटबाट सहजै प्रयोग गर्न सकिन्छ ।

७ इन्चको कलर टच प्यानल (मल्टि–टच सपोर्टसहित) ले ट्याब्लेट जस्तै सजिलो नेभिगेसन दिन्छ । क्वाड–कोर १.६ गिगाहर्ज प्रोसेसर र ६ जिबी मेमोरी (वैकल्पिक २५६ जिबी एसएसडी) ले बहुप्रक्रिया र छिटो काम सुनिश्चित गर्छ । पेपर ह्यान्डलिङमा स्ट्यान्डर्ड ५२५ – २ ट्रे (कुल १,०५० शिट्स) र म्यानुअल बाइपासबाट १,२०० एमएमसम्मको ब्यानर प्रिन्टिङ सम्भव छ । टोनरले कालो र प्रत्येक कलरमा २४ हजार पेजसम्मको उच्च यिल्ड दिन्छ, जसले प्रति पेज लागत पनि निकै कम राख्छ ।

अपरेटिङ मोडमा न्यून विद्युत खपत गर्ने यो प्रिन्टरले वार्म–अप समय मात्र २० सेकेन्ड र अफ मोडमा अत्यन्त कम बिजुली प्रयोग गर्छ । यसबाहेक, उन्नत सुरक्षा फिचरहरू इनक्रिप्टेड स्टोरेज, युजर अथेन्टिकेसन (बायोमेट्रिक/आइसी कार्ड/मोबाइल), भाइरस स्क्यानिङ र सिक्योर प्रिन्टिङले संवेदनशील डकुमेन्टहरूको सुरक्षालाई प्राथमिकता दिन्छ ।

यदि तपाईं ए३ कलर सपोर्ट, उच्च गति, अटो डुप्लेक्स, शक्तिशाली एडिएफ र उन्नत कनेक्टिभिटी/सुरक्षासहितको भरपर्दो तथा उत्पादकत्व बढाउने प्रिन्टरको खोजिमा हुनुहुन्छ भने बिजहब सी२२६आई तपाईंको व्यवसायका लागि उत्कृष्ट र दीर्घकालीन विकल्प बन्न सक्छ ।

Skip This
Skip This
Logo