काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) साढे १० खर्ब रुपैयाँ नाघेको छ ।
सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार गत आर्थिक वर्षको तुलनामा रेमिट्यानस ३९.१ प्रतिशतले बढेको जनाएको हो । पुससम्म कुल १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आउँदा पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स आएको केन्द्रिय बैंकको तथ्यांक छ ।
रेमिट्यान्स बढेपनि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने नेपाली संख्या भने केही घटेको छ । चालु आवको पुससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ छ ।































प्रतिक्रिया