पोखरी निर्माणपछि पौवादुङका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

पोखरी निर्माणपछि पौवादुङका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

केन्द्रबिन्दु
9
Shares

भोजपुर। सिँचाइ सुविधा विस्तार भएपछि पौवादुङ गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीमा लागेको खबर छ। पोखरी निर्माणपछि २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेको छ।

स्थानीय किसान भरतबहादुर कार्कीले करिब तीन रोपनीमा बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु र तोरी लगायतका नगदेबाली उत्पादन गर्न थालेको जानकारी दिए।

तीनवटा ठूला सिँचाइ पोखरीमार्फत पानी वितरण भएपछि किसानले वर्षौँदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान भएको छ।

पौवादुङ गाउँपालिका–१ का वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरिएको हो।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सिँचाइ विस्तारपछि किसानले कृषि कर्ममार्फत आयआर्जन गर्न सक्ने अवस्था बनेको बताउनुभयो। गाउँपालिका अध्यक्ष किरण राईले कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारलाई प्राथमिकतामा राखेर आवश्यक अनुदान र प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

गाउँपालिकामा ‘एक घर, एक टनेल’ कार्यक्रमसँगै सिँचाइ पोखरी निर्माण अघि बढाइएको छ। साथै उत्पादित कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ।

Skip This
Skip This
Logo