कालाबजारीले ग्यास अभावको हल्ला पिटिरहेका छन्, बजारमा कुनै अभाव छैन : चण्डीका भट्ट

कालाबजारीले ग्यास अभावको हल्ला पिटिरहेका छन्, बजारमा कुनै अभाव छैन : चण्डीका भट्ट

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् ।
पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै कालोबजारी गर्नेहरुले हल्ला पिटिरहेको भन्दै हल्लामा विश्वास नगर्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनले बताएका छन् ।

उनका अनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आइओसी) बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।

‘लोडिङ विवरणअनुसार शनिबार ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिण्डर), सोमबार ११५ बुलेट (करिब १ लाख ४५ हजार ७ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको छ,‘ तीमध्ये केही बुलेटहरू बाटोमै रहेका छन् भने थप बुलेटहरू नेपाल प्रवेश गर्ने क्रममा रहेका छन् । तसर्थ, आदारणीय उपभोक्ताज्युहरुलाइ अनावश्यक रुपमा ग्यास स्टक नगरिदीनुहुन अनुरोध छ ।’

यस्तै, उनले निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति जारी रहने स्पष्ट पारेका छन् । व्यापारीहरुले भने बजारमा ग्यास अभाव भएको भन्दै स्टक राखेर उपभोक्ताहरुलाई खाली पठाउने गरेका छन् ।

Skip This
Skip This
Logo