काठमाडौं। बौद्ध क्षेत्रमा सुनका गहना चोरी गर्ने एकजनालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनुपरेको छ । पक्राउ पर्नेमा विकास प्रेम थारू रहेका छन्।
प्रहरीका अनुसार उनलाई काठमाडौं महानगरपालिका–६, महांकालबाट पक्राउ गरिएको हो। खुट्टामा गोली लागेको थारूमाथि ६५ तोला सुनका गहना चोरी गरेको आरोप छ ।
सो घटनाका अनुसार मंगलबार मध्याह्न १२ बजे बौद्ध, कुमारीगालस्थित घरको चौथो तलाबाट ४२ तोला सुनचाँदीका गहना चोरी भएको थियो। चोरीको कोठाको ढोका फुटाइएको अवस्थामा फेला परेको थियो।
पक्राउ परेका आरोपीविरुद्ध थप अनुसन्धान भइरहेको छ ।































प्रतिक्रिया