रेड मी नोट फिफ्टीनको नयाँ धमका –नेपालमा मजबुत बनावट र लामो ब्याट्रीसहित उपलब्ध

रेड मी नोट फिफ्टीनको नयाँ धमका –नेपालमा मजबुत बनावट र लामो ब्याट्रीसहित उपलब्ध

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा ल्याएको छ। यो फोन मजबुत टाइटन–टफ बनावट, IP64 डस्ट/वाटर रेसिस्टेन्स, ६,०००mAh ब्याट्री र ३३W टर्बो चार्जिङ सपोर्टसहित उपलब्ध छ।

फोनले २४ घण्टा भिडियो प्लेब्याक वा दुई दिनसम्म सामान्य प्रयोग गर्न सक्ने सुविधा दिन्छ। Glacier Blue, Purple, Forest Green र Black रङमा उपलब्ध Redmi Note 15 को वजन १८३.७ ग्राम र आकार १६४ × ७५ × ७.९ mm रहेको छ।

फोटोग्राफीमा यो फोन १०८MP मुख्य क्यामेरा, ३X टेलिफोटो, २MP डेप्थ र २०MP फ्रन्ट क्यामेरा सपोर्ट गर्छ। Dolby Atmos र Hi-Res डुअल स्पिकरका कारण मनोरञ्जनमा पनि उत्कृष्ट अनुभव दिन्छ।

फोन ६GB+१२८GB, ८GB+१२८GB, ८GB+२५६GB र ८GB+५१२GB भेरियन्टमा उपलब्ध छ। MediaTek Helio G100Ultra चिपसेट, ६.७७-इन्च AMOLED डिस्प्ले, १२०Hz रिफ्रेस रेट र AI फिचरहरू सहित Redmi Note 15 स्मार्टफोन प्रयोगकर्तालाई छरितो, दिगो र आधुनिक अनुभव प्रदान गर्छ।

नेपालमा ६GB+१२८GB भेरियन्टको मूल्य रु. २९,९९९ र ८GB+२५६GB भेरियन्टको मूल्य रु. ३५,९९९ तोकिएको छ। आधिकारिक बिक्री Teledirect Pvt. Ltd. र Vatsal Impex Pvt. Ltd. का डिलरमार्फत उपलब्ध छ।

Logo