चितवनमा बेन्कार्डोको अत्याधुनिक एसआईएस शोरूम सञ्चालनमा

चितवनमा बेन्कार्डोको अत्याधुनिक एसआईएस शोरूम सञ्चालनमा

केन्द्रबिन्दु
27
Shares

भरतपुर । चितवनमा बेन्कार्डोको अत्याधुनिक एसआईएस शोरूम सञ्चालनमा आएको छ ।

नेपालमा विगत ११ वर्षदेखि गुणस्तरीय बाथवेयर उत्पादनमार्फत आफ्नो सशक्त पहिचान बनाउँदै आएको बेन्कार्डो बाथवेयर सेन्टर (बेन्कार्डो) ले एसआईएस शोरूम सञ्चालनमा ल्याएको हो । बेन्कार्डोले आफ्नो ब्रान्ड विस्तार तथा आक्रामक बजारीकरण रणनीतिअन्तर्गत चितवनको भरतपुर- ४ स्थित लन्कुमा अत्याधुनिक एसआईएस (शप इन्साइड शप) शोरूम सञ्चालनमा ल्याएको हो ।

‘पसल भित्र पसल’ अवधारणा आधारित रहेर सञ्चालनमा ल्याइएको उक्त एसआईएस शोरूम माघ २८ गतेदेखि औपचारिक रूपमा सञ्चालित छ । थानीय सफल युवा व्यवसायीहरू सुदीप कडेल, पवन महत, दिनेश खरेल र गोपाल पोखरेललगायतको सहकार्यमा सञ्चालित शाकम्भरी हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि. सँगको साझेदारीमा बेन्कार्डो बाथवेयर सेन्टरले उक्त शोरूम सुरु गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी र बेन्कार्डो कम्पनीका मार्केटिङ हेड नितिक शर्माले संयुक्त रूपमा शोरूम उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले कम्पनी र स्थानीय साझेदार शाकम्भरी हार्डवेयर एण्ड सप्लायर्सको सहकार्यले एउटै छानामुनि सम्पूर्ण सामग्रीलाई उत्कृष्ट तरिकाले सजाएर प्रदर्शन गरिएको बताए। उपभोक्ताहरूलाई धेरै ठाउँ धाउनुपर्ने झन्झटबाट मुक्त गरी यस शोरुमले सहजता प्रदान गरेको उनको भनाइ थियो । साथै, गुणस्तरीय सामग्रीको आधुनिक शोरूम निर्माण गरेकोमा अतिथि सुवेदीले कम्पनी तथा स्थानीय साझेदारको सफलताको कामना गरे ।

त्यसैगरी, कार्यक्रममा बोल्दै बेन्कार्डो कम्पनीका मार्केटिङ हेड नितिक शर्माले बेन्कार्डो ब्रान्डको यात्रा, यसको मूल्य- दर्शन, आगामी योजना तथा एसआईएस शोरूमको औचित्य र उपयोगिताबारे स्पष्ट पारेका थिए । अन्य अतिथिहरूले पनि नयाँ एसआईएस शोरूमको सफल सञ्चालनको शुभकामना व्यक्त गरे ।

भरतपुर- ४, धर्म चोक, लन्कुमा सञ्चालनमा आएको उक्त शोरूममा बेन्कार्डोका विभिन्न मोडेलका उच्च गुणस्तरीय बाथवेयर उत्पादनहरूको आधुनिक र आकर्षक शोरूम निर्माण गरी उत्कृष्ट प्रदर्शन गरिएको छ।

शोरूममा ग्राहकहरूले सामग्रीलाई प्रत्यक्ष रूपमा ‘टच एण्ड फिल’ गर्न सक्ने व्यवस्था गरिएको छ भने बाथवेयरका साथै किचनवेयरका नयाँ-नयाँ उत्पादनहरू समेत प्रदर्शनीमा राखिएको छ।

Logo