‘हाम्रो १० वर्षे आर्थिक एजेण्डा छ’– सौरभ ज्योति (एसोसियट उपाध्यक्षका उमेद्वार)

‘हाम्रो १० वर्षे आर्थिक एजेण्डा छ’– सौरभ ज्योति (एसोसियट उपाध्यक्षका उमेद्वार)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा एसोसियट उपाध्यक्षका उमेद्वार सौरभ ज्योतिसँग केन्द्रबिन्दुले गरेको पाँच प्रश्न ।

निर्वाचन नजिँकिदैछ, कस्तो छ तयारी ?

निर्वाचनको तयारी अहिलेदेखिको होइन । अहिले टीमबाटै तयारी भइरहेको छ ।

यसभन्दा अघि तपाईंले चन्द्र ढकाललाई सहयोग गरेर एसोसियट उपाध्यक्षमा निर्विरोध निर्वाचित गराउनु भएको थियो । तर अहिले उहाँको प्यानल छोडेर किशोर प्रधानको प्यानलमा किन आउनु भएको हो ?

चन्द्र ढकाल ज्युले मलाई पूर्णरुपमा सहयोग र समर्थन गर्ने भन्ने सम्झौता छ । मलाई विश्वास छ कि उहाँले मलाई सहयोग गर्नुहुन्छ भनेर । किनभने उहाँले अहिले मलाई सहयोग गर्ने भनेर नै त्यतिबेला मैले उहाँलाई छोडिदिएको थिएँ । र अर्काे प्यानलको जुन कुरा छ, त्यो विचारका आधारमा हो । यो राजनीतिक प्यानल होइन, सोँचको प्यानल हो । महासंघको नेतृत्वमा आएर मुलुकको आर्थिक विकास गर्ने हाम्रो सोच हो । त्यो सोँच र हामी सबैको मन काम गर्ने एउटै एजेण्डा भएका कारण यो प्यानलमा आएको हुँ । हाम्रो प्यानल भनेको काम गर्ने प्यानल हो । हामी सबैका एजेन्डा एउटै भएकाले पनि हाम्रो प्यानल बनेको हो ।

तपाईंलाई सबै ठाउँबाट पूर्ण समर्थन र सहयोग छ ?

अवश्य पनि छ । एसोसियटतर्फबाट हाम्रा ९२६ जना भोटर्सहरु हुनुहुन्छ । उहाँहरु सबै काम गर्ने खालका हुनुहुन्छ । चुनावमा सबै जना लाग्छन् नै । त्यसैमाथि उहाँहरु कुरा भन्दा पनि काम गर्ने व्यक्तित्वहरु हो । किनकी उहाँहरु सबै कम्पनीका अध्यक्ष,संचालक महासचिव लगायत हुनुहुन्छ । सबै व्यवसायिक र काम गर्ने मान्छे भएकाले मलाई अवश्य पनि जिताउनु हुन्छ भन्ने मेरो विश्वास हो । उहाँहरुलाई महासंघका कसले कति काम गरे भन्ने उहाँहरुलाई थाहा नै छ । त्यसैले मलाई सहयोग र सपोर्ट गर्नुहुन्छ ।

कोरोना संकटका बेला निर्वाचन हुन लागेको छ । तपाईंहरुले प्रचारप्रसार पनि राम्रोसँग गर्न पाउनु भएन । फेरि तपाईं आफैं पनि कोरोना संक्रमित हुनुभयो । यस्तो असहज परिस्थितिमा आफू निर्वाचित हुने सम्भावना कत्तिको देख्नु भएको छ ?

चुनावमा उठ्ने भनेकै जित्छु भनेर उठ्ने हो । कोरोनाको संक्रमण अझै बढ्दै गइरहेको छ । यसको संक्रमण सामान्य हुन अझै केही समय लाग्छ नै । चुनाव यसभन्दा अघि दुई पटक सरिसकेका हुनाले हामीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरेर, सामाजिक दुरी गरेर चुनाव सम्पन्न छौँ । प्रचार प्रसार पनि हामीले इलेक्ट्रोनिक माध्यम र फोनबाट गरिरहेका छौँ । हामीले काम गरेको उहाँहरुले देख्नु भएको छ । महासंघलाई अझै बलियो बनाउने र उहाँहरुको हकहितका पनि सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।

तपाईंको आर्थिक एजेण्डा के हो ?

हाम्रो आर्थिक एजेण्डा भनेको १० वर्षे एजेण्डा हो । यो कार्यकालका लागि मात्रै होइन । हामीले लामो रणनीति लिएर अघि बढेका छौँ । यो १० वर्षको रोडम्यापमा हामीले विभिन्न तहमा रोजगारी सृजना गर्ने, उद्यमशीलताको विकास गर्ने र प्राथमिकताका क्षेत्रतर्फ लागेर आत्म निर्भरता गर्ने गरी रोडम्याप बनाएका छौँ ।

Logo