निर्मल पौडेल,पर्वत । पर्वतको फलेबास नगरपालिका वार्ड न ७ लिमिठानाका एक किसानको गाइगोठमा आगालागी हुँदा ५ लाख भन्दा बढीको क्षती भएको छ । लिमिठानाको साविक वडा नम्वर २ निवासी डिल्ली राज रेग्मि (नारायण) को गोठमा शनिवार साँझ आगालागी भएको हो । आगालागीको कारण खुल्न सकेको छैन । आगालागिबाट गोठ पुर्णरुपमा जलेर नष्ट भएको छ । गोठमा रहेका १ वटा व्याउने भैँसी,१ वटा व्याउने गाई,१ वटा व्याउने बाख्रा र १ वटा वाच्छो दर्दानक रुपमा मरेका छन्। यस्तै गोठमा रहेको करिव १ लाख भन्दा बढीको पराल खरानी परेको छ ।
आगालागि खवर प्राप्त भएपछी स्थानियको लामो प्रयासमा आगो नियन्त्रणमा आएको थियो । पशुचौपायालाई बचाउन प्रयास गरेपनि नसकिएको स्थानिय जनप्रतिनिधि रमाकान्त पौडेलले बताए । पौडेलले भने “एकदमै दुखलाग्दो घटना घट्यो,आगालागीका कारण गाउँबासीनै दुखी छौँ,जे नहुनु थियो भयो,राहतको पहल वडाबाट हुनेछ,।” आगालागिको घटनाबारे जानकारीका लागि फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री लगायतको टोली घटनास्थल पुगेका छन् । उपप्रमुख क्षेत्रीले आगालागीबाट दर्दानक रुपमा पशुचौपया मरेको प्रति दुखव्यक्त गर्दै किसानका घाउमा मल्हम लगाउन नगरपालिका तयार भएको बताइन् ।
आँफूपनि किसान भएकोले किसानका दुखसुखमा सदैव साथमै रहने भन्दै उनले पीडितका लागि राहत उपलब्ध गराउन सम्वन्धित निकायको ध्यानाकर्षण संगै सक्दो पहल गर्ने बताइन् । उनले भनिन्, “रातदिन नभनी दुख गरेर गुजारा चलाउने किसानको गाइगोठ मात्र जलेको छैन,यतिबेला गोठ सँगै मन पनि जलेको छ,पीडित किसानलाई सवैले सक्दो सहयोग गरौँ, जस्ले जलेको मनलाई थोरै भएनि शितलता प्रदान गरोस्”































प्रतिक्रिया