नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबराेटरीबिच छुटसम्बन्धी सम्झौता

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबराेटरीबिच छुटसम्बन्धी सम्झौता

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई सिग्मा डायग्नोस्टिक्स ल्याबराेटरी प्रालिमा विशेष छुट हुने भएको छ।

भक्तपुर–९, राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्सले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्न नेपाल बैंकसँग सम्झौता गरेको हो।

सम्झौताबमोजिम नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई प्याथोलोजी ल्याबको विविध सेवा शुल्कहरूमा बिल रकमको २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट हुनेछ। यो छुट डिजिटल कारोबारहरूमा मात्र लागू हुनेछ।

सम्झौता-पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीका तर्फबाट ल्याब निर्देशक वेदप्रकाश मिश्रले हस्ताक्षर गरेका हुन्।

Skip This
Skip This
Logo