सुन–चाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ कारोवार ?

सुन–चाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ कारोवार ?

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। आज बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३,२०० रुपैयाँले बढेर अहिले ३ लाख १३ हजार ५ सय पुगेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १० हजा। ३ सय र चाँदी ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

बजारका विश्लेषकले सुन–चाँदीको मूल्य बढ्नुको कारणमा अन्तर्राष्ट्रिय बजारमा धितोपत्र र सुनको मूल्यमा उतार–चढाव, डलरको मूल्य र माग–आपूर्तिलाई जोड दिएका छन्।

Logo