काठमाडौं। नेपालमा कियाका चार प्रमुख कार मोडल बिक्रीमा छन् -दुई इलेक्ट्रिक कार ईभी६ र ईभी९ र दुई पेट्रोल/डिजेल कार सोनेट र सेल्टोस। किया ईभी६मा ७७.४ किलोवाट आवरको ब्याट्री प्याक छ र यसको मूल्य १ करोड २५ लाख छ। किया ईभी९मा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक छ र मूल्य १ करोड ७९ लाख ९० हजार छ। यी प्रिमियम इलेक्ट्रिक कार मोडलहरू दक्षिण कोरियामा उत्पादन हुन्छन्।
किया सोनेट पाँच भेरिएन्टमा उपलब्ध छ र मूल्य ४२ लाख ९० हजारदेखि ६३ लाख ९० हजार रुपैयाँसम्म छ। किया सेल्टोस नौ भेरिएन्टमा उपलब्ध छ र मूल्य ५२ लाख ९० हजारदेखि ८१ लाख ९० हजार रुपैयाँसम्म छ। यी दुई कार भारतमा उत्पादन हुन्छन्।

सोनेटमा १०.२५ इन्चको टचस्क्रिन, बोस ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ र फ्रन्ट भेन्टिलेटेड सिट जस्ता सुविधा छन्। सुरक्षा सुविधामा ६ एयरब्याग, एबीएस/ईबीडी, फ्रन्ट र रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, अटो हेडलाइट, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल उपलब्ध छन्।
सेल्टोसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल स्टार्ट असिस्ट, नर्मल/इको/स्पोर्ट ड्राइभ मोड, १७ इन्च अलोय व्हिल, एलईडी टेललाइट, एलईडी हेडलाइट र एलईडी फगल्याम्प जस्ता फिचर छन्।
सस्तो मोडल किया सोनेटको आधारभूत भेरिएन्ट हो जसको मूल्य रु ४२ लाख ९० हजार पर्छ । सबैभन्दा महँगो मोडल किया ईभी९ हो यसको मूल्य रु १ करोड ७९ लाख ९० हजार पर्छ।































प्रतिक्रिया