राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

दाङ। बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ। सो सिफारिस वडा नं १ र ७ का किउरेनी, बन्चरे, बाटुले, गौजे, जीला, सिमलकुना, डाँडागाउँ, कप्ताने, जलजला र मलई बस्तीसम्बन्धी हो।

गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीका अनुसार बस्तीहरू राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले नागरिकले जङ्गली जनावरबाट मानवीय, घरपालुवा जनावर र बालीनालीमा क्षति भोग्दै आएका थिए। तर उक्त क्षेत्रमा पूर्वाधार विकासका लागि बजेटको पर्याप्त व्यवस्था नभएकाले नागरिकलाई सुविधासम्पन्न सुरक्षित स्थानमा स्थानान्तरण गर्नु आवश्यक देखिएको छ।

अध्यक्ष खत्रीले पीडित नागरिकको जिउधनको सुरक्षा, राज्यको सेवा–सुविधा पहुँच सुनिश्चित गर्न र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कायम राख्न बस्ती स्थानान्तरण अपरिहार्य भएको बताए।

स्थानीय नागरिकहरूले जङ्गली जनावरले बालीनाली खाइदिँदा र अव्यवस्थित बसोबासका कारण आक्रोश व्यक्त गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा भोट नहाल्ने निर्णय समेत गरेका छन्। त्यहाँ सडक र सञ्चार प्रणाली असहज रहेकाले उम्मेदवारहरूले भोट माग्न पनि जाँदैनन्।

Skip This
Skip This
Logo