बैंकहरुमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ३० अर्ब उठाउँदै

बैंकहरुमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ३० अर्ब उठाउँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। बैंकिङ प्रणालीमा पैसा धेरै जम्मा भएपछि नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ३० अर्ब रुपैयाँ उठाउने तयारी गरेको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर फागुन २७ गते बैंकहरूबाट उक्त रकम तान्ने जनाएको छ । यसका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल गरिनेछ ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यस बोलकबोलमा सहभागी हुन सक्नेछन्। ब्याजदरका आधारमा बोलकबोल गर्नुपर्नेछ र आवश्यक परे बहुब्याजदरमा पनि प्रस्ताव गर्न पाइने व्यवस्था गरिएको छ।

यो निक्षेप संकलन उपकरणको अवधि २८ दिन रहनेछ। संकलित रकमको साँवा र ब्याज चैत २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Logo