काठमाडौं
प्रदूषण शुल्क शीर्षकमा इन्धनबाट करिब ४ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष ०६५/६६ बाट प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । "/>

९ वर्षमा इन्धनबाट प्रदूषण शुल्क ४ अर्ब ६६ करोड उठ्यो

९ वर्षमा इन्धनबाट प्रदूषण शुल्क ४ अर्ब ६६ करोड उठ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रदूषण शुल्क शीर्षकमा इन्धनबाट करिब ४ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष ०६५/६६ बाट प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । उक्त शीर्षकबाट आयल निगमले हाल सम्म यति धेरै रकम रकम संकलन गरेको हो । निगमले पेट्रोल र डिजेलबाट प्रतिलिटर ५०/५० पैसा उठाउँछ । बिक्री परिमाणबाट शुल्क उठाउने हुँदा उक्त रकम सर्वसाधारणले तिर्न बाध्य छन् । प्रदूषण शुल्कको नाममा उपभोक्ताबाट असुल्ने रकम भने खर्च हुने गरेको छैन ।
निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले आर्थिक ऐन अनुसार उक्त शीर्षकबाट रकम उठाएको बताए ।

‘सरकारको निर्णय अनुसार ०६६ बाट रकम संकलन गरेका छौं,’ उनले भने, ‘अर्थले बैंक खाता नम्बर दिएको छ । संकलन गरिएको रकम उक्त खातामा जम्मा गरिदिने गरेका छौं ।’ अर्थ मन्त्रालयको खाता नम्बरमा बुझाएपछि बोधार्थ पत्र जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराएको उनले बताए । त्यस पश्चात खर्च भए/नभएको निगमको दायित्व भित्र नपर्ने जनाएको छ ।
कान्तिपुरबाट

Logo