काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘स्विच टू टियागो डट इभी’ एक्सचेन्ज अभियान एक दिनका लागि थप गरिएको छ ।
देशभर मार्च १३ देखि १५ सम्म सञ्चालन हुने गरी तोकिएको यस तीन दिने विशेष अभियानमा ग्राहकहरूको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै कम्पनीले समय थप गरेको हो । यस अभियान अन्तर्गत जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टाटा टियागो ईभी खरिद गर्न सकिने विशेष सुविधा उपलब्ध गराइएको छ ।
दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ताहरूलाई सुरक्षित र अत्याधुनिक प्रविधियुक्त चार पाङ्ग्रे विद्युतीय सवारीतर्फ आकर्षित गर्न कम्पनीले यो नौलो योजना ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले मात्र रु ४,९९,००० को डाउन पेमेन्टमा टियागो ईभी घर लैजान सक्नेछन् । साथै, सहभागी ग्राहकहरूले आफ्नो पुराना सवारीको आकर्षक मूल्यांकन (एक्सचेन्ज भ्यालुएसन), नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता सुविधाहरू समेत प्राप्त गर्नेछन् । अभियान अन्तर्गत टाटा टियागो इभी मासिक मात्र रु १७,७१३ मा इएमआई सुविधा उपलब्ध रहेको छ।
कम्पनीका अनुसार यस योजनामा सिप्रदी नेटवर्कमार्फत लाइफटाइम निःशुल्क डीसी फास्ट चार्जिङ र घरमा निःशुल्क होम चार्जर इन्स्टलेसनको सुविधा पनि समावेश गरिएको छ ।
सुरक्षित, आरामदायी र प्रविधिमैत्री विद्युतीय मोबिलिटीलाई सर्वसाधारणको पहुँचमा पुऱ्याउन यो अभियान निकै फलदायी हुने विश्वास कम्पनीले लिएको छ । इच्छुक खरिदकर्ताहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुमहरूमा पुगी यस थपिएको अवधिमा अफरको लाभ लिन सक्नेछन् ।





























प्रतिक्रिया