६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। सर्वोच्च अदालतबाट ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी प्रबक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार, नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष ६९ वर्षीय श्रेष्ठलाई आज काठमाडौँको नागार्जुन नगरपालिका–५, सीतापाइला क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रवक्ता काफ्लेले बताए अनुसार, “केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको टोलीले निजलाई पक्राउ गरेको हो। श्रेष्ठले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडसँग सम्बन्धित रही अनियमित र गैरकानुनी कार्य गरी निक्षेपकर्ता र संस्थाको हित विपरीत काम गरेका थिए।”

सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाअनुसार श्रेष्ठलाई दुईवटा मुद्दामा तीन–तीन वर्ष कैद र क्रमशः रु १९ करोड ४६ लाख र रु ३ करोड २१ लाख जरिवाना ठहर गरिएको थियो। कुल कैद अवधि ६ वर्ष र कुल जरिवाना रु २२ करोड ६७ लाखभन्दा बढी पर्छ।

श्रेष्ठलाई फैसलाको कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Logo