रुपातालमा १० हजार माछाका भुरा छाडियो

रुपातालमा १० हजार माछाका भुरा छाडियो

केन्द्रबिन्दु
0
Shares

लेखनाथ । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएका छन्। रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारीले आफ्नो स्थापना भएको २५ वर्ष पुगेको अवसरमा तालमा माछाका भुरा छाडेको हो।

सहकारीका अध्यक्ष रामबहादुर थापाका अनुसार यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालको उत्पादन बढाउने उद्देश्यले माछाका भुरा छाडिएको हो।

२०५८ सालमा ३६ जना शेयर सदस्यबाट सुरु भएको सहकारी अहिले एक हजार ५१ सदस्यसम्म पुगेको छ। सुरुवातमा करिब एक लाख ८३ हजार रुपैयाँबाट सुरु भएको सहकारीको शेयर पुँजी अहिले चार करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको बताइएको छ।

बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा. मोहम्मद इकबाल हुसेनले तालको प्राकृतिक स्वरूप जोगाउँदै माछापालनमार्फत आयआर्जन बढाउने प्रयास भइरहेको बताए। तालमा सिपीबाट मोती निकाल्ने परीक्षण पनि सफल भएको जानकारी दिइएको छ।

रुपाताल रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ क्षेत्रमा फैलिएको ताल हो। सहकारीले ताल संरक्षणसँगै पर्यटन र माछापालनलाई पनि सँगै अघि बढाउने योजना बनाएको जनाएको छ।

Skip This
Skip This
Logo