अफरोड लक्षित नयाँ ईभी ‘जे सिक्स टी’ काठमाडौंमा आउँदै, क्लियरेन्स २२५ एमएम

अफरोड लक्षित नयाँ ईभी ‘जे सिक्स टी’ काठमाडौंमा आउँदै, क्लियरेन्स २२५ एमएम

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपाली बजारमा अफरोड क्षमता ध्यानमा राखेर नयाँ इलेक्ट्रिक एसयूभी ‘जे सिक्स टी’ सार्वजनिक हुने तयारीमा छ। चिनियाँ कम्पनी चेरीको न्यू इनर्जी ब्राण्ड जेकोले अघिल्लो मोडलमा सुधार गर्दै नयाँ संस्करण ल्याउन लागेको हो।

आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आगामी सातादेखि बिक्री सुरु गर्ने तयारी गरेको छ। नयाँ मोडलमा ग्राउण्ड क्लियरेन्स २०० एमएमबाट बढाएर २२५ एमएम पु¥याइएको छ, जसले नेपाली सडक र अफरोड दुबै अवस्थालाई लक्षित गरेको देखिन्छ ।

डिजाइनमा पनि परिवर्तन गरिएको छ । अगाडिको ग्रिल नयाँ शैलीमा आएको छ भने गाडीको साइजसमेत परिमार्जन गरिएको छ। ४४३३ एमएम लम्बाइ, १९१६ एमएम चौडाइ र १७४१ एमएम उचाइ भएको यो एसयूभी थप मजबुत र बक्सी देखिन्छ ।

अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री भएकाले उकालो–ओरालो र अफरोड बाटोमा सहज ड्राइभिङ सम्भव हुने कम्पनीको दाबी छ।

प्राविधिक पक्षमा भने पुरानै सेटअप राखिएको छ। ६५.६९ किलोवाट–आवर ब्याट्री र १३५ किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर प्रयोग गरिएको छ ।

फिचरमा एलइडी लाइट, १९ इन्च ह्वील, पानारोमिक सनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डुअल जोन एसी, १५.६ इन्च इन्फोटेन्मेन्ट स्क्रिन, ९.२ इन्च डिजिटल क्लस्टर, वायरलेस चार्जिङ लगायत सुविधा छन्। साथै ३६० डिग्री क्यामेरा, लेभल–२ एडास, ६ एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल र पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि दिइएको छ।

मूल्य सार्वजनिक गरिएको छैन, तर अघिल्लो मोडलकै आसपास रहने अनुमान गरिएको छ। नयाँ मोडलले विशेषगरी उच्च ग्राउण्ड क्लियरेन्स खोज्ने नेपाली ग्राहकलाई लक्षित गरेको देखिन्छ।

Logo