काठमाडौँ। काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ। यसका लागि महानगरपालिका र अस्पतालबीच सहकार्य सम्झौता गरिएको छ।
सम्झौताअनुसार महानगरपालिकाबाट प्रदान गरिने अनुदान रकम उपकरण खरिद र फोहर व्यवस्थापनस्थलमा ट्रस निर्माणका लागि प्रयोग गरिनेछ। अस्पतालबाट उत्पन्न हुने हानिकारक फोहरसँगै महानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट निस्कने फोहर पनि यही प्लान्टमार्फत व्यवस्थापन गरिनेछ।
सम्झौतापत्रमा महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन्। अनुदानसम्बन्धी सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य रहनेछ।
महानगरपालिकाले प्लान्ट सञ्चालनका लागि स्थानको अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डअनुसार प्रशोधन प्लान्ट सञ्चालन गरेर फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको जनाएको छ।





























प्रतिक्रिया