काठमाडौं । प्रिमियम विद्युतीय सवारीसाधनको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि.ले ‘फोर्थिङ एक्सचेन्ज उत्सव’ आयोजना गरेको छ ।
काठमाडौंको थापाथली क्षेत्रमा आज चैत ६ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त उत्सवमार्फत ग्राहकलाई आफ्नो पुरानो सवारीसाधन साटेर नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने विशेष अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
सीमित अवधिका लागि सञ्चालन हुने यस उत्सवले ग्राहकहरूलाई दिगो र आधुनिक मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले कुल ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्, जसमा विभिन्न आकर्षक सुविधा समावेश गरिएको छ ।
कम्पनीका अनुसार, ग्राहकले आफ्नो पुरानो सवारीसाधनको प्रतिस्पर्धात्मक मूल्याकंनसहित एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् भने नयाँ फोर्थिङ फ्राइडे खरिदमा आकर्षक नगद छुट उपलब्ध हुनेछ । साथै, एक वर्षको अटो प्लस बीमा र एक वर्षको सडक करसमेत समावेश गरिएको छ, जसले सवारी स्वामित्वलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
यसका अतिरिक्त, ग्राहकहरूलाई निःशुल्क स्पेयर टायर र एसी चार्जर पनि उपलब्ध गराइनेछ, जसले प्रयोग अनुभवलाई अझ सहज र सुविधाजनक बनाउने कम्पनीको विश्वास छ ।
लक्ष्मी ई–मोबिलिटीका अनुसार, “फोर्थिङ एक्सचेन्ज उत्सव” केवल प्रवर्द्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम विद्युतीय मोबिलिटीतर्फ आकर्षित गर्ने अभियान हो । कम्पनीले यो योजनामार्फत विद्युतीय सवारी प्रयोगलाई सहज बनाउँदै ग्राहकहरूलाई आधुनिक प्रविधि अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको जनाएको छ ।
फोर्थिङ ब्रान्ड चीनको अग्रणी सरकारी अटोमोबाइल निर्माता समूहअन्तर्गतको प्यासेन्जर सवारी ब्रान्ड हो ।





























प्रतिक्रिया