हिमाली चरनभूमि जोगाउन नयाँ परियोजना, परम्परा र विज्ञान सँगै प्रयोग

हिमाली चरनभूमि जोगाउन नयाँ परियोजना, परम्परा र विज्ञान सँगै प्रयोग

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमि संरक्षणका लागि नयाँ चार वर्षे परियोजना सुरु गरिएको छ। ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षण’ कार्यक्रममार्फत परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई सँगै प्रयोग गरिनेछ।

सरकार र डब्लुडब्लुएफ नेपालको सहकार्यमा सुरु भएको यो परियोजना विशेषगरी डोल्पाको माथिल्लो क्षेत्रमा केन्द्रित छ। यसको लक्ष्य चरनभूमि जोगाउनु, स्थानीयको आम्दानी बढाउनु र पर्यटन प्रवर्द्धन गर्नु हो।

चरनभूमि हिमाली क्षेत्रको प्रमुख आधार मानिन्छ, जहाँबाट स्थानीयले पशुपालन, जडीबुटी र अन्य स्रोतबाट जीविकोपार्जन गर्छन्। साथै, यिनले हिउँ चितुवाजस्ता वन्यजन्तुको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्छन्। तर जलवायु परिवर्तन र मानवीय दबाबका कारण यी क्षेत्र जोखिममा परेका छन्।

परियोजनामा स्थानीय समुदायको भूमिका मुख्य रहनेछ। परम्परागत ज्ञान, विशेषगरी ‘अम्ची’ प्रणालीलाई आधुनिक व्यवस्थापनसँग जोडेर चरनभूमि संरक्षण गरिनेछ।

यससँगै वन्यजन्तुसँग हुने द्वन्द्व घटाउने, वैकल्पिक आम्दानीका उपाय विकास गर्ने र स्वच्छ ऊर्जामा पहुँच बढाउने योजना पनि समावेश गरिएको छ।

सरकारका अनुसार यो परियोजनाले दीर्घकालीन रूपमा चरनभूमि संरक्षण गर्दै स्थानीय समुदायको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

Logo