वैद्य अर्गनाइजेशनले इटालियन ब्रान्ड ‘मोर्बिडेली’लाई भित्र्यायाे नेपाल

वैद्य अर्गनाइजेशनले इटालियन ब्रान्ड ‘मोर्बिडेली’लाई भित्र्यायाे नेपाल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा बलियो प्रभुत्व जमाएको वैद्य अर्गनाइजेशनले आफ्नो व्यावसायिक पोर्टफोलियोलाई थप विविधीकरण गर्दै दुईपांग्रे सवारी साधनको बजारमा आक्रामक विस्तार सुरु गरेको छ। चारपांग्रेमा ‘टोयोटा’ जस्तो प्रतिष्ठित ब्रान्डको विरासत बोकेको यस समूहले अब इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपाल भित्र्याएको हो।

हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले मोर्बिडेलीसँगको आधिकारिक साझेदारी सार्वजनिक गरेको छ। यो कदमलाई नेपाली दुईपांग्रे बजारमा प्रिमियम र उच्च प्रदर्शन गर्ने सवारी साधनप्रतिको बढ्दो आकर्षणलाई सम्बोधन गर्ने रणनीतिका रूपमा हेरिएको छ।

यसअघि वैद्य अर्गनाइजेशनले भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’लाई नेपालमा सफलतापूर्वक स्थापित गरिसकेको छ। एथरको प्रविधि र सहरी क्षेत्रमा पाएको लोकप्रियताले उत्साहित बनेको यस समूहले अब ‘हाइ-इन्ड’ मोटरसाइकल खोज्ने युवा पुस्ता र ‘बाइक इन्थुजियास्ट’हरूका लागि मोर्बिडेली रोजेको हो।

यस ब्रान्डले विशेषगरी नेपाली युवा तथा मोटरसाइकल उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । मोर्बिडेलीमार्फत वैद्य अर्गनाइजेशनले नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले निकट भविष्यमा नै मोर्बिडेलीका विभिन्न मोडेलहरू औपचारिक रूपमा सार्वजनिक गर्ने र देशव्यापी रूपमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ । मोर्बिडेली विश्वव्यापी रूपमा कीवे ग्रुप अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो, जसले बेनेली र मोर्बिडेली वेन्डा जस्ता स्थापित अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरू समेत होल्ड गर्दै आएको छ ।

Logo