काठमाडौं । नेपालका लागि ओमाेडा एण्ड जेइकाेको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ इलेक्ट्रिक एआई-रोडर ‘जेइकाे जे सिक्स टी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।
आज एक भव्य समारोहका बीच सार्वजनिक गरिएकाे ‘बेस्ट-इन-सेग्मेन्ट’ विशेषताहरू र आधुनिक प्रविधिसहितको याे गाडीले नेपालको प्रिमियम इलेक्ट्रिक एसयुभी बजारमा नयाँ बेन्चमार्क कायम गर्ने अपेक्षा गरिएको छ।
शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडाले संयुक्त रूपमा अनावरण गरेकाे यस कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल विज्ञ तथा इन्फ्लुएन्सरहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित आकर्षक बक्सी र रग्ड डिजाइन रहेको यो गाडी विशेष गरी साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि तयार पारिएको कम्पनीले जनाएको छ।
कम्पनीले जेइकाे जे६टीको अधिकतम मूल्य रु. ६८.९९ लाख तोकेको भए तापनि विशेष प्रारम्भिक अफर अन्तर्गत ग्राहकहरूले यसलाई रु. ६६.९९ लाख मै खरिद गर्न सक्नेछन्।

प्राविधिक रूपमा यो गाडीमा २२५ मिमीको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र ४३१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध छ। यसमा लिथियम आयरन फस्फेट ब्याट्री र २२०एनएम टर्क उत्पादन गर्ने रियर-माउन्टेड मोटर जडान गरिएको छ। १९-इन्चको ठूलो टायर, १५.६–इन्चको सेन्ट्रल टचस्क्रिन, ९.२-इन्चको इन्स्टुमेन्ट प्यानल, ५० वाटको वायरलेस चार्जर र ८ स्पिकर जस्ता आधुनिक फिचरहरूले यसलाई थप प्रिमियम बनाएका छन्।
यसअघिको लोकप्रिय मोडेल जेइकाे जे६टी को तुलनामा जे६टीमा ग्राउन्ड क्लियरेन्स र ड्राइभिङ रेन्ज दुवै बढाइएको छ। ४,४३३ मिमी लम्बाइ र २,७१५ मिमी ह्वीलबेस भएको यो गाडीले नेपालको तीव्र गतिमा विकास भइरहेको एसयुभी बजारमा आफ्नो बलियो उपस्थिति जनाउने विश्वास गरिएको छ।
नयाँ ‘जेइकाे जे सिक्स टी’ अब देशभरका सबै आधिकारिक ओमाेडा एण्ड जेइकाे सोरुमहरूमा उपलब्ध भइसकेको छ।





























प्रतिक्रिया