सुन तोलामा २९ सय र चाँदी १ सयले घट्यो

सुन तोलामा २९ सय र चाँदी १ सयले घट्यो

केन्द्रबिन्दु
129
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २,९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य घटबढको प्रभाव नेपाली बजारमा पनि परेको हो। पछिल्ला दिनमा सुनको मूल्य लगातार उतारचढाव भइरहेको छ, जसले बजारमा किनबेचमा समेत असर पारेको व्यवसायीहरूले बताएका छन्।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १०० रुपैयाँले घटेर ४,८२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी ४,९२० रुपैयाँमा कारोबार भएको थियो। मूल्य घटेसँगै बजारमा चाँदीको मागमा केही सुधार देखिन सक्ने अनुमान गरिएको छ।

Skip This
Skip This
Logo