पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ।

नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको हो। यद्यपि खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ।

नयाँ मूल्य आजैदेखि लागू हुने निगमले जनाएको छ।
मध्यपूर्वमा भएको तनावका बाबजुद विश्वभर पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको जानकारहरुको भनाई छ ।

Logo