उद्योग वाणिज्य महासंघमा वस्तुगत उपाध्यक्ष शिव घिमिरेको प्यानलबाट को-को लड्दैछन् ?

उद्योग वाणिज्य महासंघमा वस्तुगत उपाध्यक्ष शिव घिमिरेको प्यानलबाट को-को लड्दैछन् ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत संघतर्फ उपाध्यक्ष पदका उम्मेदवार शिव प्रसाद घिमिरेले आफ्नो पूर्ण प्यानल घोषणा गरेका छन् । भावी अध्यक्ष अन्जन श्रेष्ठको समर्थन प्राप्त घिमिरेले विभिन्न वस्तुगत संघका अनुभवी प्रतिनिधिहरूलाई समेटेर बलियो टिम तयार पारेका हुन् ।

घिमिरे स्वयं एसजी समूहका संस्थापक अध्यक्ष हुन् जसले ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी पूर्व कार्यकारिणी सदस्य, राष्ट्रिय व्यवसाय पहल (एनबीआई) का संस्थापक सदस्य र डिजिटल रूपान्तरण, लगानीमैत्री नीति तथा निजी क्षेत्रको सुरक्षा जस्ता एजेन्डामा सक्रिय छन् ।

यतिबेला घिमिरले आफ्नो प्यानल नै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हुन् । शिवप्रसाद घिमिरेको समूहमा सदस्यको उम्मेदवारहरुमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होम प्रसाद घिमिरे, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुब बहादुर गौतम रहेका छन् । वस्तुगत उपाध्यक्षमा घिमिरेसँग नरेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । घिमिरेको प्यानलबाट वस्तुगततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरू को- को ? कुन -कुन क्षेत्रबाट आएका हुन् त ?

अरनिको राजभण्डारी
अरनिको राजभण्डारी नेपाल आइसक्रिम उद्योग व्यवसाय संघका अध्यक्ष तथा महासंघको वस्तुगत परिषदमा लामो समयदेखि सक्रिय रहेका व्यक्ति हुन् । उनले रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल को अध्यक्षका रूपमा पनि आफ्नो कार्यकाल सम्हाली सकेका छन् ।

रविन पुरी
रविन पुरी नेपाल दाना उद्योग संघका अध्यक्ष हुन् । पुरी यसअघि पनि महासंघको वस्तुगत सदस्य पदमा निर्वाचित भइसकेका अनुभवी व्यवसायी हुन् ।

राजकुमार कार्की
राजकुमार कार्की नेपाल कुचो संघको अध्यक्ष हुन्, जो संघको दोस्रो अधिवेशनबाट पुनः सर्वसम्मत निर्वाचित भएका हुन् । उनी अलैँची संघका निवर्तमान अध्यक्ष समेत हुन् र पहिलो कार्यकालमा पनि उनले नै संघको नेतृत्व सम्हालेका थिए । उनी निर्यातमुखी व्यवसायमा सक्रिय छन‍् ।

बसन्त चन्द्र मरहट्टा
बसन्त चन्द्र मरहट्टा एक अनुभवी नेपाली व्यवसायी हुन्, उनी मुख्य रूपमा नेपालको बीउ व्यवसायी क्षेत्रमा संलग्न छन् र नेपाल बीउ व्यवसायी संघसँग आवद्ध रहेका छन् । उनी मेलुङ खोला जलविद्युत कम्पनीको समितिको सदस्यको रूपमा पनि सूचीकृत थिए। उनी नेपालको कृषि व्यवसाय, विशेष गरी उन्नत बीउ बिजनको प्रवद्र्धन र व्यवसायीहरूको हकहितका लागि कार्यरत छन् ।

रघुनन्दन मारु
रघुनन्दन मारु नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष हुन् । उनले औद्योगिक विद्युत् आपूर्ति सुधारमा सक्रिय भूमिका खेल्दै आएका छन् । शिवम् सिमेन्टको नेतृत्वका साथै उनले नेपाली सिमेन्ट उद्योगको विकास, निर्यात प्रवद्र्धन र औद्योगिक समस्याहरूको समाधानका लागि वकालत गर्दै आएका छन् ।

सुनिता न्हेमाफुकी
सुनिता न्हेमाफुकी नेपाल कृषि मेसिनरी व्यवसायी संघसँग आवद्ध कृषि यान्त्रीकरण तथा प्रशोधन उद्योगकी उद्यमी हुन् । उनी कृषिमा आत्मनिर्भरता र रोजगारी सिर्जनामा जोड दिने गरेकि छन् ।

होम प्रसाद घिमिरे
होम प्रसाद घिमिरे नेपाल प्लाईउड उत्पादक संघका अध्यक्ष तथा स्थल यातायात तथा पारवहन समितिका सदस्य हुन् । उनी लामो समयदेखि नै उद्योग वाणिज्य महासंघमा संलग्न रहेका छन् ।

बिप्लव अधिकारी
बिप्लव अधिकारी नेपाल औषधि व्यवसायी संघ (एपोन) का अध्यक्ष हुन् । एपोनमा सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका अधिकारीले आफ्नो नेतृत्व क्षमता स्थापित गरिसकेका छन् उद्यमशीलता प्रवद्र्धन तथा उद्योगी व्यवसायीको हकहितका पक्षमा उनले निरन्तर सक्रिय भूमिका खेल्दै आएका छन् ।

धर्मराज सापकोटा
धर्मराज सापकोटा नेपालका एक व्यवसायी तथा स्टक ब्रोकर एसोसिएसन नेपाल का निवर्तमान अध्यक्ष हुन् । उनी ३० वर्षदेखि पुँजीबजार,कर,लेखापरीक्षण,पर्यटन र कृषि क्षेत्रमा क्रियाशील छन् । उनी अहिले नेपाल उद्योग वाणिज्य महासङ्घको पुँजीबजार फोरमको सहसभापति पनि हुन् । महासङ्घको आगामी नयाँ नेतृत्व चयनका लागि सापकोटा कार्यकारिणी समिति सदस्यको उम्मेदवार छन् । सापकोटाले १० वर्षदेखि महासङ्घसँग जोडिएर विभिन्न भूमिका निर्वाह गरिरहेका छन् ।

संघर्ष विष्ट

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालका प्रतिनिधि । पर्यटन क्षेत्रबाट महासंघमा आवाज उठाउँदै आएका छन् । यसैगरी, केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा घिमिरे प्यानलबाट ५ जना व्यवसायी रहेका छन् ।

धनप्रसाद लामिछाने
धनप्रसाद लामिछाने नेपालका एक प्रतिष्ठित व्यवसायी र नेपाल पश्मिना उद्योग संघका अध्यक्ष हुन्, उनले नेपाली पश्मिनालाई विश्व बजारमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले स्वदेशी पश्मिना उत्पादन, गुणस्तर र निर्यातमा विशेष जोड दिँदै सरकारबाट पकेट क्षेत्र घोषणाको माग गर्दै आएका छन् ।

राजेश भक्त श्रेष्ठ
राजेश भक्त श्रेष्ठ फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष हुन् । उनी पुष्प व्यवसाय (फूल खेती) प्रवद्र्धन र व्यवसायीहरूको हकहितका लागि सक्रिय छन् ।

सरस्वती राई
सरस्वती राइ नेपाल हब्र्स एन्ड हर्बल प्रोडक्ट्स एसोसिएसनसँग आवद्ध महिला उद्यमी हुन् । यसका साथै, राई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य र महिला उद्यमी विकास समितिको उपसभापति समेत हुन् ।

एवा बहादुर थापा
एवा बहादुर थापा नेपाल वायोग्यास प्रवद्र्धन संघका प्रतिनिधि हुन् । उनले यस संघको नेतृत्व तहमा रहेर नेपालमा बायोग्यास र वैकल्पिक ऊर्जाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

विश्वनाथ खनाल
विश्वनाथ खनाल ढुवानी व्यवसायी महासंघ नेपालसँग आवद्ध रहेका छन् । खनाल नेपाल ढुवानी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनले ढुवानी व्यवसायलाई भ्याट मा दर्ता गर्ने जस्ता सरकारी नीतिगत छलफलहरूमा व्यवसायीहरूको प्रतिनिधित्व गर्दै आएका छन् । उनी एक स्रष्टा तथा लघुकथाकार पनि हुन् । उनलाई साहित्यमा पु-याएको योगदानका लागि ’न्यु क्यापिटल सम्मान’ बाट सम्मानित समेत गरिएको छ ।

Skip This
Skip This
Logo