सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

केन्द्रबिन्दु
2.8k
Shares

काठमाडौं। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार अग्रवाललाई शुक्रबार दिउँसो नै पक्राउ गरिएको हो। विभागले अपराह्न ४ बजेदेखि बयान लिएको थियो। बयानपछि उनलाई हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

ललितपुर परिसरका प्रवक्ता एसपी गौतम मिश्रले अग्रवाल हिरासतमा रहेको पुष्टि गरेका छन्। उनका अनुसार पक्राउ प्रक्रिया भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकै पहलमा भएको हो।

यस प्रकरणमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Skip This
Skip This
Logo