वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा ४९७ वटा विद्युतीय जिप, कार र भ्यान भित्रिएका छन्, जसको मूल्य करिब रु एक अर्ब ४८ करोड ६४ लाख बराबर रहेको छ । यसबाट कार्यालयले रु ९६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १६५ वटा मात्र विद्युतीय सवारी आयात भएका थिए, जसको तुलनामा यो वर्ष आयात झण्डै तीन गुणाले बढेको देखिन्छ ।
त्यस्तै, विद्युतीय मोटरसाइकलको आयात पनि बढेर सात महिनामा एक हजार १२८ वटा पुगेको छ ।
यता इन्धनबाट चल्ने सवारीसाधनको आयात भने घटेको छ । चालु आवमा ६०९ वटा मात्र पेट्रोल/डिजेल गाडी आयात भएका छन्, जबकि गत वर्ष यो संख्या बढी थियो ।
भन्सार कार्यालयका अनुसार कुल सवारीसाधन तथा पार्टपुर्जाको आयातबाट अर्बौँ राजस्व संकलन भएको छ । विद्युतीय सवारीतर्फको आकर्षण बढेसँगै पेट्रोलियम गाडीको आयात क्रमशः घट्दै गएको देखिएको छ ।





























प्रतिक्रिया