महासंघ निर्वाचनः वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे प्यानलले गरायाे उम्मेदवारी दर्ता

महासंघ निर्वाचनः वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे प्यानलले गरायाे उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ६०औँ साधारण सभा तथा निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले १६ सदस्यीय जम्बो टोलीसहित आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

घिमिरेको प्यानलले कृषि, उत्पादन, ऊर्जा र सेवा क्षेत्रका सबै विधालाई समेट्दै समावेशी टोली निर्माण गरेको छ । जसमा डेरी क्षेत्रबाट अरनिको राज भण्डारी, पोल्ट्रीबाट रबिन पुरी, अलैँचीबाट राज कुमार कार्की, र बीउ–विगतबाट वसन्त चन्द्र मरहट्टा जस्ता हस्तीहरू समेटिएका छन्।

त्यसैगरी, कृषि बजारीकरणमा सुनिता न्हेम्हाफुकी, पश्मिनामा धन प्रसाद लामिछाने, सौर्य ऊर्जामा एव बहादुर थापा मगर र स्टक मार्केटबाट धर्म राज सापकोटाले घिमिरेकै समूहबाट कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका छन्। सिमेन्ट, प्लाइवुड, फ्लोरिकल्चर, खानेपानी, पर्यटन र फुटवेयर क्षेत्रका प्रतिनिधिहरूले पनि सोही प्यानलबाट प्रतिनिधित्व जनाउँदै महासंघलाई ‘व्यवसायीमैत्री छाता’ बनाउने उद्घोष गरेका छन्। यातायात क्षेत्रका विश्वनाथ खनाल र इँटा उद्योगका कृष्ण प्रसाद अवाल पनि यसै टिमका खम्बा बनेका छन्।

महासंघको आगामी नेतृत्व चयनका लागि चैत २९ र ३० गते मतदान हुँदैछ।

Logo