काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आर्थिक दृष्टिकोण समेटिएको पुस्तक सार्वजनिक गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रकाशित गरेको ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिः समृद्धि, असमानता र सुधारका बहस’ नामक पुस्तक सोमबार अर्थ मन्त्रालयमै विमोचन गरिएको हो।
पुस्तकमा वाग्लेले विगत एक दशकमा लेखेका ८ वटा विश्लेषणात्मक लेख समेटिएका छन्, जसमा नेपालको अर्थतन्त्रका जटिल विषयहरू-उत्पादकत्व, संघीयता, व्यापार लागत, क्रोनी क्यापिटालिजम र वैदेशिक सहायताजस्ता मुद्दा उठाइएको छ ।
विमोचन कार्यक्रममा वाग्लेले आफूले पहिलेदेखि उठाउँदै आएका सुधारका एजेण्डा अहिले कार्यान्वयन गर्ने अवस्थामा पुगेको बताए। “सानातिना सुधारले पुग्दैन, अब संरचनात्मक ठूलो परिवर्तन चाहिन्छ,” उनको भनाइ थियो। उनले डिजिटल प्रविधि, स्वच्छ ऊर्जा र पर्यटनलाई नेपालको अर्थतन्त्र उकास्ने मुख्य आधारका रूपमा अघि सारेका छन्। साथै १०० अर्ब डलरभन्दा ठूलो अर्थतन्त्र बनाउने लक्ष्य पनि प्रस्तुत गरेका छन्।
सेजनका अनुसार यो पुस्तकले अर्थमन्त्रीको सोच, नीति र व्यवहार बुझ्न सहयोग गर्नेछ ।





























प्रतिक्रिया