‘भेसलिन ग्लुटा-ह्या’ नेपाली बजारमा

‘भेसलिन ग्लुटा-ह्या’ नेपाली बजारमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । युनिलिभर नेपालको प्रमुख ब्रान्ड भेसलिनले आफ्नो विश्वप्रसिद्ध नयाँ उत्पादन ‘भेसलिन ग्लुटा-ह्या’लाई एक विशेष र साहसिक ‘स्ट्रीट एक्टिभेसन’ मार्फत नेपाली बजारमा ल्याएको छ।

काठमाडौँका व्यस्त सडकहरूमा ‘सोस्टपर स्किन’ नामक अभियान सञ्चालन गर्दै कम्पनीले यस नयाँ लोसनको औपचारिक बिक्री सुरु गरेको हो।

कुनै पूर्व जानकारी र ब्रान्डिङ बिना नै काठमाडौँका मुख्य सार्वजनिक स्थलहरूमा अचानक बिछ्याइएको चम्किलो गुलाबी (पिङ्क) कार्पेटले सर्वसाधारणको ध्यान तान्दै ठूलो कौतुहलता जगाएको थियो। उक्त कार्पेटमा प्रसिद्ध अभिनेत्री तथा इन्फ्लुएन्सरहरू अन्नपूर्ण शर्मा, कविता नेपाली र मलिका महतले आत्मविश्वासका साथ र्‍याम्प वाक गरेपछि मात्र उक्त रहस्यमय कार्यक्रम भेसलिनको प्रवद्र्धन अभियान भएको खुलेको थियो।

यस अभियानको बारेमा जानकारी दिँदै युनिलिभर नेपालकी मार्केटिङ हेड सुरभी गोस्वामीले भनिन्, “सोस्टपर स्किन अभियानको मूल मर्म नै मानिसको आत्मविश्वास उसको स्वस्थ र चम्किलो छालाबाट झल्किन्छ भन्ने हो। भेसलिन ग्लुटा-ह्याको क्लिनिकली प्रमाणित फर्मुलाले छालालाई स्वस्थ र चमकदार बनाएर मानिसको व्यक्तित्वलाई नै आकर्षक बनाउन मद्दत गर्छ भन्ने कुरा हामीले यो प्रत्यक्ष अनुभवमार्फत देखाउन चाहेका हौँ।”

भेसलिन ग्लुटा-ह्या एक अत्याधुनिक ‘सिरम-इन-लोसन’ हो जसमा प्याटेन्टेड ‘ग्लुटाग्लो’ प्रविधि प्रयोग गरिएको छ। यो भिटामिन सी भन्दा १० गुणा बढी शक्तिशाली हुनुका साथै यसमा भएको ‘हाइ्यालुरोन’ले छालालाई गहिरो ओस प्रदान गर्दछ। यो लोसन छालामा लगाउने बित्तिकै पानीका थोपाहरूमा परिणत हुने र नटाँसिने भएकाले यसले छालालाई प्राकृतिक चमक र एकनासको रङ्ग प्रदान गर्ने दाबी कम्पनीले गरेको छ।

पछिल्लो समय डिजिटल विज्ञापनको बाढी आइरहेका बेला भेसलिनले उपभोक्ताहरूसँग प्रत्यक्ष जोडिने फरक शैली अपनाएको छ। युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, “हामीले परम्परागत विज्ञापन भन्दा बाहिर निस्किएर युवा पुस्तासँग उनीहरुकै शैलीमा जोडिन यो माध्यम रोजेका हौँ। डिजिटल संलग्नता त्यतिबेला मात्र प्रभावकारी हुन्छ जब ब्रान्डले मानिसहरूको वास्तविक जीवनको अनुभवमा आफूलाई जोड्न सफल हुन्छ।”

नयाँ भेसलिन ग्लुटा-ह्या अहिले देशभरका प्रमुख व्यापारिक केन्द्र, डिपार्टमेन्टल स्टोर र ई-कमर्स साइटहरूमा ७० मि.लि. र २०० मि.लि. को प्याकमा उपलब्ध भइसकेको छ।

Skip This
Skip This
Logo