कम्प्युटर एशोसिएन नेपाल (क्यान) महासंघले सुबिसु क्यान इन्फोटेक मेला गत वर्षभन्दा धेरै उपलब्धिमूलक भएको जनाएको छ । क्यान महासंघले आईतबार सम्पन्न सो मेला गत वर्षहरु भन्दा धेरै उपलब्धिमूलक भएको प्रतिक्रिया दिएको हो ।
अवलोकनकर्ताहरुको उपस्थिति पनि विगतका वर्षहरुमा भन्दा धेरै उत्साहजनक रहेको पाइएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए । नेपाली प्राविधिकहरुले बनाएको सफ्टवेयरहरुलाई मेलामा विशेष महत्व दिइएको थियो ।
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष कुँवरले ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरिएको मेलामा ३ लाख ५० हजारभन्दा बढिले अवलोकन गरेको जनाए ।
प्रकाशित: २० माघ २०७५ २०:२७ आइतबार