एडिबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.७% मा सीमित, अनिश्चितता मुख्य चुनौती

एडिबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.७% मा सीमित, अनिश्चितता मुख्य चुनौती

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार अघिल्लो वर्षको ४.६ प्रतिशतको तुलनामा वृद्धि दर घट्ने देखिएको हो।

एडिबीका देशीय निर्देशक आर्नो कोस्वाले राजनीतिक अनिश्चितता, जेनजी आन्दोलन र मध्यपूर्व द्वन्द्वलाई आर्थिक सुस्तताका मुख्य कारणका रूपमा औंल्याएका छन्। यिनै कारणले तेलको मूल्य, पर्यटन र विप्रेषणमा असर पर्ने जोखिम रहेको उल्लेख गरिएको छ। यद्यपि, आगामी आर्थिक वर्षमा वृद्धि दर ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। आन्तरिक माग सुधार, जलविद्युत् निर्यात वृद्धि र पर्यटन पुनरुत्थानले अर्थतन्त्रलाई टेवा दिने अपेक्षा गरिएको छ।

मूल्यवृद्धि दर चालु आर्थिक वर्षमा ३.७ प्रतिशत र अर्को वर्ष ४.५ प्रतिशत पुग्ने प्रक्षेपण छ। चालु खाता बचत यस वर्ष ७.२ प्रतिशत रहने भए पनि आगामी वर्ष ५.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। एडिबीले समग्र अर्थतन्त्र उच्च अनिश्चिततामा रहेको उल्लेख गर्दै मध्यपूर्व द्वन्द्व, कमजोर पुँजीगत खर्च, वित्तीय जोखिम र जलवायुजन्य विपद्लाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।

Logo