काठमाडौं । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रा. लि.ले काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नयाँ शोरूम उद्घाटनको अवसर पारेर कम्पनीले एलएस अटोको प्रिमियम मोडल ‘एलईभी एक्स’समेत नेपाली बजारमा सार्वजनिक गरेको छ।
विगत एक वर्षदेखि एलईभी ०१ मोडल बिक्री गर्दै आएको ब्लु कर्पोरेसनले नयाँ वर्ष २०८३ को अवसरमा अल ह्वील ड्राइभ भर्सनमा ‘एलईभी एक्स’ भित्र्याएको हो। विश्वकै ठूलो डिजाइन हाउस संघाई लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटोले विगत २५ वर्षदेखि विश्वका विभिन्न ब्रान्डका लागि अटोमोबाइल, उच्च गतिमा चल्ने रेल र हेलिकप्टर डिजाइनको काम गर्दै आएको छ।
नयाँ सार्वजनिक गरिएको ‘एलईभी एक्स’ मा १९८ किलोवाटको फ्रन्ट र रियर मोटर जडान गरिएको छ। यसमा ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। प्योर इलेक्ट्रिक प्लेटफर्ममा बनेको यो ईभीमा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा आधारित लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ भने यसको एरोडाइनामिक डिजाइन (ड्र्याग कोएफिसियेन्ट ०.२६८) ले गर्दा यो निकै दक्ष मानिएको छ।
प्रिमियम फिचर्सले भरिपूर्ण यस गाडीमा १० वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, पानोरामिक मुनरूफ, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट र इलेक्ट्रिक एड्जस्टेबल सिटहरू रहेका छन्। सुरक्षाका दृष्टिले यसले यूरो एनक्यापबाट ५-स्टार रेटिङ प्राप्त गरेको छ।
नयाँ शोरूम उद्घाटन र नयाँ वर्षको अवसरमा कम्पनीले विशेष उपहार योजना समेत ल्याएको छ। कम्पनीका महाप्रबन्धक नबिन फुयालका अनुसार ज्ञानेश्वर शोरूममा आएर टेस्ट-ड्राइभ गर्ने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन्। त्यस्तै, बुकिङ पश्चात् गाडी डेलिभरी लिने ग्राहकलाई चीन भ्रमण गराउने योजना समेत कम्पनीले घोषणा गरेको छ।
कम्पनीले एलईभी ०१ एसईको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र नयाँ मोडल एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकेको छ । कम्पनीले हालै कालोपुलमा आफ्नो सर्भिस सेन्टर समेत स्थापना गरिसकेको छ भने देशभर चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य राखेको छ।





























प्रतिक्रिया