डिशहोम फाइबरनेटको नयाँ वर्ष उपहार, वार्षिक इन्टरनेट जडानमा २ महिना अतिरिक्त बोनस

डिशहोम फाइबरनेटको नयाँ वर्ष उपहार, वार्षिक इन्टरनेट जडानमा २ महिना अतिरिक्त बोनस

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नयाँ वर्षको विशेष अवसर पारेर नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत नयाँ वार्षिक जडान गर्ने ग्राहकहरूले थप २ महिनाको बोनस प्राप्त गर्ने भएका छन्।

कम्पनीले आफ्ना प्रयोगकर्तालाई थप मूल्य र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको हो। अफरअन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएससम्मका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ वार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ।

यसले गर्दा प्रयोगकर्ताहरूले अझ बढी समयसम्म निरन्तर र उच्च गुणस्तरको इन्टरनेट अनुभव लिन पाउनेछन्।

बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ र भरपर्दो सेवा उपलब्ध गराउनु नै यस योजनाको मुख्य लक्ष्य रहेको कम्पनीले जनाएको छ। डिशहोम फाइबरनेटले देशभर छिटो र ग्राहकमैत्री सेवा मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

यो योजना नयाँ वार्षिक इन्टरनेट जडानमा मात्र लागू हुने र निश्चित अवधिका लागि मात्र उपलब्ध रहने कम्पनीले स्पष्ट पारेको छ।

Skip This
Skip This
Logo