यामाहा ब्लु फेस्टमा उमेश थापा मगरले जिते ५ लाख नगद

यामाहा ब्लु फेस्टमा उमेश थापा मगरले जिते ५ लाख नगद

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’ को समापन नजिकिँदै गर्दा मुख्य विजेताको घोषणा गरिएको छ । यामाहा नेपालको आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. ले ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एक जना भाग्यशाली खरिदकर्तालाई ५ लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरेको हो।

यस पटकको बम्पर पुरस्कार विजेता उमेश थापा मगर बनेका छन्। उनले भ्याली रोड मोटर्स प्रा. लि. मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत यामाहाको ‘RayZR १२५ एफआई हाइब्रिड’ स्कुटर खरिद गरेका थिए। यस घोषणाले मेलामा सहभागी अन्य ग्राहकहरूमा समेत उत्साह थपेको कम्पनीले जनाएको छ।

योजना अन्तर्गत अन्य विजेताहरूले पनि आकर्षक नगद राशि हात पारेका छन्। नबिना शर्माले १ लाख रुपैयाँ प्राप्त गर्दा अरविन्द गुप्ताले ५५ हजार र आवाश चौधरीले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्।

मेलाको अन्तिम दिन नजिकिँदै गर्दा पनि ग्राहकका लागि विशेष सुविधाहरू कायमै राखिएको छ । खरिदकर्ताहरूले ५ लाख रुपैयाँसम्मको क्यासब्याक, ४० महिनासम्मको सहज ईएमआई र अन-द-स्पट फाइनान्सिङ सेवाको लाभ लिन सक्नेछन्। मेलाको अर्को मुख्य आकर्षण ५० भन्दा बढी रिकन हाउसहरूको सहभागिता रहेको एक्सचेन्ज कार्निभल बनेको छ, जहाँ पुराना मोटरसाइकलको पारदर्शी मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको छ।

बिक्री र अफरका अतिरिक्त कार्यक्रममा राइडर तथा कन्टेन्ट क्रिएटरहरूसँगको अन्तरक्रिया, कोसप्ले प्रदर्शन र गिभअवे जस्ता गतिविधिले दर्शकलाई थप मनोरञ्जन प्रदान गरिरहेको छ।

एम. ए. डब्लू राइड्सका सीईओ दीपक अग्रवालले ब्लु फेस्टमा प्राप्त प्रतिक्रियाप्रति उत्साह व्यक्त गर्दै भने, “अब केवल एक दिन मात्र बाँकी रहेकाले हामी सम्पूर्ण ग्राहकलाई भृकुटीमण्डप आएर विशेष अफरको फाइदा लिन र यामाहाका अत्याधुनिक उत्पादनहरू प्रत्यक्ष अनुभव गर्न आग्रह गर्दछौँ।”

Skip This
Skip This
Logo