काठमाडौं । नेपालको अग्रणी मोबाइल तथा कन्ज्यूमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसंग नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको कठोर परिश्रम र योगदानलाई कदर गर्दै “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियानको घोषणा गरेको छ । यस अभियानले परिवारको उज्यालो भविष्यका लागि विदेशिएका नेपालीहरूको भूमिकालाई उजागर गर्दै उनीहरूका सपनालाई प्रविधिको माध्यमबाट सम्भावनासँग जोड्ने लक्ष्य राखेको छ।
अभियानको मुख्य आकर्षणको रूपमा सामसंगले “सामसंग रेमिटमा बेनिफिट” नामक पहल सुरु गरेको छ । यो विशेष अफर आगामी अप्रिल २४ देखि लागू हुने कम्पनीले जनाएको छ। यो योजना विशेष गरी विदेशबाट नेपालमा रेमिटेन्स पठाउने नेपालीहरू र उनीहरूका परिवारका लागि मात्र लक्षित गरिएको छ।
रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधार मान्दै सामसंगले उनीहरूको दैनिक जीवनलाई अझ स्मार्ट र सहज बनाउन आफ्ना एआई सक्षम डिभाइसहरूमा विशेष सहुलियत ल्याएको हो। सामसंगले यस पहलका लागि नेपालका प्रतिष्ठित कम्पनीहरू आईएमई रेमिट, एनसेल, खल्ती र हुलास फिन सर्भ लि.सँग सहकार्य गरेको छ।
यस सहकार्यअन्तर्गत ग्राहकले सामसंगका उत्पादन खरिद गर्दा एनसेल रिचार्जमा बोनस डेटा, २४ महिनासम्मको सहज किस्ताबन्दी सुविधा र खल्तीमार्फत भुक्तानी गर्दा आकर्षक क्यासब्याक जस्ता सुविधाहरू प्राप्त गर्नेछन्। यी सुविधाहरूले रेमिटेन्समा आधारित परिवारहरूलाई थप आर्थिक राहत र सहजता प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।
साथै, सामसंग नेपालले यो अभियानमार्फत ग्राहकहरूलाई आधिकारिक च्यानलबाट मात्र सामान खरिद गर्न प्रोत्साहन गरेको छ। आधिकारिक उत्पादन खरिद गर्दा मात्र दीर्घकालीन विश्वसनीयता, वारेन्टी र सहज इकोसिस्टमको पूर्ण अनुभव लिन सकिने कुरामा कम्पनीले जोड दिएको छ ।































प्रतिक्रिया