चिउराको ‘कुरुम कुरुम’ ब्रान्ड अब हाइलाइफकै, सिक्सभिल्लाको दर्ता खारेज

चिउराको ‘कुरुम कुरुम’ ब्रान्ड अब हाइलाइफकै, सिक्सभिल्लाको दर्ता खारेज

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । चिउराको प्रसिद्ध ब्रान्ड ‘कुरुम कुरुम’ को ट्रेडमार्क विवादमा उद्योग विभागले हाइलाइफको पक्षमा निर्णय सुनाएको छ । नेपाल एभरेस्ट फुड एन्ड स्न्याक्स प्रालि (हाइलाइफ) र सिक्सभिल्ला प्रालिबीच लामो समयदेखि चल्दै आएको व्यापारिक चिह्न सम्बन्धी विवादमा विभागले सिक्सभिल्लाको दर्ता बदर गर्ने अन्तिम निर्णय गरेको हो।

सिक्सभिल्लाले हाइलाइफको स्थापित ब्रान्ड, रङ संयोजन, र डिजाइन हुबहु नक्कल गरी उपभोक्तालाई भ्रममा पारेको विभागको ठहर छ । सर्वोच्च अदालतका नजिरहरूलाई आधार मान्दै विभागले बजारमा पहिले नै स्थापित भइसकेको चिह्नको मौलिकता संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गरेको छ।

अस्वस्थ प्रतिस्पर्धा र बौद्धिक सम्पत्तिको चोरीलाई निरुत्साहित गर्दै विभागले सिक्सभिल्लाको दर्ता पूर्ण रूपमा खारेज गरेसँगै अब ‘कुरुम कुरुम’ ब्रान्ड प्रयोग गर्ने वैधानिक अधिकार हाइलाइफसँग मात्र सुरक्षित रहने भएको छ।

Skip This
Skip This
Logo