भक्तपुर ।
हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार नजिक आउँदैछ । तिहारलाई लक्षित गरेर कृषकहरु फूल टिप्न व्यस्त छन् ।
भक्तपुरको सूर्यबिनायक नपा ७ गुन्डुका फूल व्यवसायीहरु पनि तिहारका लागि मखमली फूलको माला तयार गर्न थालिसकेका छन् । लकडाउनले गर्दा यसवर्ष उत्पादनमा कमी भएको तर बजारमा माग भने धेरै रहेको यहाँका व्यवसायीहरु बताउँछन् । व्यवसायीहरु एउटा मालाको रू.२० देखि २५ मा विक्री हुने बताउँछन् ।

तिहारमा मखमली फूललाई विशेष मानिन्छ । मखमली फूल नेपालीहरुको लागि सांस्कृतिक महत्व समेत बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।








तस्वीरहरु : सृजना राई / केन्द्रबिन्दु





























प्रतिक्रिया