ऊर्जा मन्त्रालयअन्तर्गत हितेन्द्रदेव शाक्यसहित १० जना भए पदमुक्त, को–को परे ?

ऊर्जा मन्त्रालयअन्तर्गत हितेन्द्रदेव शाक्यसहित १० जना भए पदमुक्त, को–को परे ?

केन्द्रबिन्दु
789
Shares

काठमाडौँ । “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।

मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उक्त अध्यादेशबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य तथा सदस्यहरु रतनबहादुर ऐर, डा.बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका छन्।

यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धिताल तथा सदस्यहरु डा.मधुसुधन अधिकारी र डा.झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo