काठमाडौं । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् ।
अन्तिम परिणामअनुसार पाण्डेले १ हजार ७९ मत ल्याउँदा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत पाइन् ।
साथै एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भएका छन् । जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने विजयी भए ।
यसैगरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छासमेत विजयी भएका छन् ।
एसोसिएट महिलामा २ कार्यसमिति सदस्य निर्वाचित भए । जसमा अभिज्ञा मल्ल र जुना माथेमा छ्न् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक कार्यसमिति सदस्य निर्वाचित हुने प्रावधान अनुसार मनोज पौडेल विजयी भएका छन् ।































प्रतिक्रिया