काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेको छ।
यहि बैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा आरबी डायग्नोस्टिक मार्फत प्रदान गरिएको थियो। शिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका निस्शुल्क चेकजाँच तथा बिज्ञ डाक्टरहरुबाट निस्शुक्ल परामर्श सुविधा प्रदान गरिएको थियो। २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।
‘किनकि, जीवन अमूल्य छ’को नारालाई आत्मसात् गर्दै सम्पूर्ण नेपाली भविष्य सुरक्षित, सुनिश्चित र सुनौलो बनाउने अभिभारा बहन गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देशकै अग्रणी जीवन बीमा कम्पनी हो, जसले करिब ३०५ सम्मको बजार हिस्सा ओगट्दै आएको छ।
विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया