कोका–कोलाको ‘लोकली योर्स’ अभियानः नेपालका स्थानीय समुदाय र साना व्यवसायको सम्मान

कोका–कोलाको ‘लोकली योर्स’ अभियानः नेपालका स्थानीय समुदाय र साना व्यवसायको सम्मान

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि चलेका साना व्यवसायहरूलाई सम्मान गर्दै ‘लोकली योर्स’ (Locally Yours) अभियान सुरु गरेको छ ।

अभियानले टोल–छिमेकका त्यस्ता उद्यमीहरूलाई विशेष रूपमा प्रस्तुत गरेको छ, जो बिहान सबैभन्दा पहिले पसल खोल्छन्, ग्राहकहरूलाई नामले चिन्छन्, उनीहरूको रोजाइ सम्झन्छन् र दैनिक जीवनको अभिन्न अंग बन्छन् । यसअन्तर्गत तयार पारिएका भिडियो शृङ्खलामार्फत यी व्यवसायीहरूको व्यावसायिक यात्रा, व्यक्तिगत अनुभव, चुनौती र समुदायमा पुर्‍याएको योगदानलाई उजागर गरिएको छ ।

यो अभियानले नेपालमा कोका–कोला र स्थानीय उद्यमीबीच पाँच दशकभन्दा लामो समयदेखि कायम रहेको साझेदारीलाई पनि प्रतिबिम्बित गर्दछ । स्थानीय व्यवसायीहरूले रोजगारी सिर्जना गर्न, जीविकोपार्जनमा सहयोग पुर्‍याउन र कोका–कोलालाई देशभरका साझा खुशीका क्षणहरूको हिस्सा बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कलियाले भनिन्, “स्थानीय व्यवसायहरू नेपालभरका समुदायको मेरुदण्ड हुन् । ‘लोकली योर्स’ अभियानमार्फत हामी उत्पादनभन्दा माथि उठेर विगत ५० वर्षभन्दा बढी समयदेखि कोका–कोलालाई नेपालीहरूको दैनिक जीवनको हिस्सा बनाउने व्यक्तिहरूको सम्मान गर्न चाहन्छौं ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानलेले भने, “टोल–छिमेकका साना व्यवसायीहरू हाम्रो व्यवसायको मेरुदण्ड मात्र होइनन्, उनीहरू आफ्ना समुदायका आधारस्तम्भ पनि हुन् । उनीहरूको मेहनत, सम्बन्ध र उद्यमशीलताले दैनिक जीवनमा मानिसहरूबीच सम्बन्ध जोड्ने काम गरेको छ । ‘लोकली योर्स’ उनीहरूको कथा, प्रभाव र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने भूमिकाको सम्मान हो ।”

अभियानमा सहभागी व्यवसायीहरूले पनि आफ्ना अनुभव साझा गरेका छन् । डल्ले रेस्टुरेन्टका सञ्चालक आलोक कोन्जन भन्छन्, “सुरुदेखि नै कोक यो रेस्टुरेन्टको प्रमुख हिस्सा रहँदै आएको छ । मेरो विचारमा, खानापछि यो अन्तिम आनन्द दिने पेय हो ।”

शेर्पा जुस सेन्टरका सञ्चालक पासाङ शेर्पा भन्नुहुन्छ, “कोका–कोला बजारमा जताततै उपलब्ध छ । अहिले त कोक पिउने संस्कार नै बनेको छ । मानिसहरूले यो चलनलाई पछ्याइरहेका छन्, जसले गर्दा यसको माग पनि अत्यन्त बलियो छ ।”

‘लोकली योर्स’ अभियानले स्थानीय व्यवसायहरू पछाडि रहेका संघर्ष, नवप्रवर्तन र सामुदायिक गौरवका प्रेरणादायी कथाहरूलाई सम्मान गर्ने लक्ष्य राखेको छ । किनकि नेपालका धेरै दैनिक खुशीका क्षणहरू यिनै स्थानीय व्यवसायीहरूको निरन्तर प्रयास र समर्पणले सम्भव भएका छन् ।

Skip This
Skip This
Logo